Section 17
दण्ड सजाय
(१) यो ऐनबमोजिम प्रमाण–पत्र र रोजनामचा नभएको कुनै पानी जहाजलाई
नौपरिवहन गर्न अनुमति दिने व्यक्ति वा संगठित संस्थालाई रु. ८,०००÷– सम्म जरिवाना हुनेछ ।
(२) यो ऐनबमोजिम रोजनामचा नभएको कुनै नेपाली पानी जहाज समुद्रयात्रामा लगिएमा
वा प्रमाणपत्रहरुको म्याद नाघेका पानी जहाज नौपरिवहनको लागि काममा लगाईएमा त्यसरी
समुद्रयात्रामा लग्ने वा काममा लगाउने व्यक्ति वा संगठित संस्थालाई रु. १५००÷– सम्म
जरिवाना हुनेछ ।
(३) देहायका अवस्थामा कुनै पानी जहाजको माष्टर (प्रमुख अधिकारी) लाई रु. १०००।–
सम्म जरिवाना हुनेछ ।
(क) पानी जहाजमा यो ऐनबमोजिम राख्नु पर्ने कुनै लिखत नराखेमा ।
(ख) रोजनामचाहरु उचित ढङ्गले नराखेमा ।
(ग) अधिकार प्राप्त अधिकारीबाट चाहिएको बखत पानी जहाजका प्रमाणपत्र र
रोजनामचाहरु पेश नगरेमा ।
(घ) दर्ता बदर भएका पानी जहाजको प्रमाण–पत्र र रोजनामचाहरु नेपाल
पानी जहाज कार्यालयमा दाखिल नगरेमा, वा
(ङ) पूरा उपयोग गरिसकिएको रोजनामचाहरु दफा १६ को उपदफा (२) मा
तोकिएको म्यादसम्म पानी जहाजमा नराखेमा ।
(४) यो ऐन बमोजिम गर्नु पर्ने काम कारवाई नगर्ने नाविकलाई रु. ५००।– सम्म
जरिवाना हुनेछ ।